प्रेस स्वतन्त्रता मा नियन्त्रण गर्ने मनसाय राखि सरकारले ल्याएको बिधेयक तुरन्त खारेज गरियोस – नेता रायमाझी

पर्यटन बजार२९ बैशाख २०७६, आईतवार मा प्रकाशित

प्रेस स्वतन्त्रता मा नियन्त्रण गर्ने मनसाय राखि सरकारले ल्याएको बिधेयक तुरन्त खारेज गरियोस – नेता रायमाझी

वैशाख २९, काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले प्रेस स्वतन्त्रता मा नियन्त्रण गर्ने मनसाय राखि सरकारले ल्याएको बिधेयक तुरन्त खारेज गर्न माग गरेको छ । पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीले  निरङ्कुश ओली सत्ताले ल्याएको यो बिधेयकलाई तत्काल खारेज गर्न माग गरेका हुन् ।

उनले भने ” आदरणीय पत्रकार बन्धुहरु बाट प्रकाशन स्वतन्त्रता को लागि गरिएको आन्दोलनमा हाम्रो समुहको पुर्ण समर्थन र साथ रहने  छ। उनले यो सरकारले कहिले राम्रो काम नगरेको समेत आरोप लगाएका छन् ।  यो  दलाल चरित्रको सत्ता नेपाल राष्ट्र र नेपाली नागरिकको हितमा कहिल्यै नदेखिएको हुनाले यस्ता सत्ता अपदस्त गर्नुको बिकल्प नरहेको रायाम्झीको भनाइ छ ।

Facebook Comment

छुटाउनुभयो कि?