पर्यटन बजार३ बैशाख २०७६, मंगलवार मा प्रकाशित
वैशाख ३, काठमाडौँ । जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘वीर बिक्रम २’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले ‘वाचा’बोलको गीत सार्वजनिक गरेको हो।
संचारकर्मी नरेश भट्टराईले लेखेको गीतमा गायिका दीपा लामा र तारा प्रकाश लिम्बुको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन्।
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। उदयराज पौडेलले गीतका लागि म्यूजिक एरेन्ज गरेका हुन्। प्रदीप भारद्वाजले लेखेको फिल्म प्रेमकथामा आधारित रहने बताइएको छ। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।
फिल्ममा पल र वर्षासँगै अभिनेता नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। पहिलोपटक वर्षा र पल यसै फिल्म मार्फत दर्शक माझ देखिँदैछन्। पल र आफ्नो स्क्रिन जोडीलाई दर्शकले रुचाइदिनेमा वर्षा आशावादी छिन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit