फेरि तयार भयो टाइटानिक

पर्यटन बजार१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

फेरि तयार भयो टाइटानिक

पौष १७, काठमाण्डौ। टाइटानिक जहाजको नाम सुन्नेबित्तिकै मानिसको मनमा एक प्रकारको भयानक दृश्य कल्पनामा आउँछ ।

जसले यो घटनालाई अझ नजिकबाट देखेका थिए उनीहरुका लागि भुल्न यो निकै कठिन पनि हो । टाइटानिक फिल्मबारे त तपाइँ हामी सबैलाई थाहा नै छ । फिल्ममार्फत यस घटनालाई दृश्यमा उतारेर सबैमाझ स्पष्ट पार्ने कोशिस गरिएको थियो ।

जहाज कसरी डुबेको थियो, त्यहाँ रहेका मानिसहरुको संघर्ष कस्तो थियो, कतिजना मानिसहरु कसरी बाँचे भन्ने सबै जानकारी फिल्ममार्फत नै हामीले आभाश गर्न पाएका थियौं ।

टाइटानिक त्यसबेलाको सबैभन्दा ठूलो पानी जहाज थियो । जसलाई कहिले पनि डुब्न नसक्ने दाबी गरिएको थियो । तर, परिस्थिति उल्टो बनिदियो । आधाभन्दा धेरैको ज्यान दुर्घटनामा गयो ।

अहिले टाइटानिक जस्तै देखिने अर्को जहाज तयार पारिएको छ । यात्राका लागि तउार भएको पनि बताइएको छ । जसलाई देखेर पुरानो टाइटानिकको याद आउँछ ।

यसको डिजाइन पनि पुरानो टाइटानिक जस्तै बनाइएको छ । भित्रका संरचना, आलीसान कोठा, जहाजभित्रै स्वीमिङ पुल लगायतका सबै संरचना पुरानो जहाजसँग दुरुस्तै मिल्ने बनाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?