बढ्दो बेरोजगारीबाट गरिवीको दर बढ्यो – नेपालमा ८० लाख जनसंख्या गरिबीको चपेटामा पर्ने

पर्यटन बजार२७ भाद्र २०७७, शनिबार मा प्रकाशित

बढ्दो बेरोजगारीबाट गरिवीको दर बढ्यो – नेपालमा ८० लाख जनसंख्या गरिबीको चपेटामा पर्ने

भदौ २६ ,काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको महामारी र लकडाउनबाट नेपालमा करिव ८० लाख जनसंख्या गरिवीको चपेटामा पर्ने छन् । लामो लकडाउन र महामारीबाट करिव एक करोड ब्यक्तिले रोजगारी गुमाउने अवस्था बनेको छ । बढ्दो बेरोजगारीले गरिवी दर बढाएको हो ।

श्रममा आधारित करिव ५० लाख घरधुरीका श्रमिक मजदुर तथा पेशाकर्मीहरुको रोजगारी जोखिममा परे पछि गरिवीको दर बढेको हो । सामान्य दैनिकी गुजारा चलाइरहेका बर्ग सबै भन्दा बढी मारमा परेको छ ।

गत चैत महिनादेखि लगातार जारी भएको लकडाउनबाट सामान्य नागरिकको जीवनकष्ट बनेको हुदाँ गरिवीको दर बढ्ने प्रक्षेपण गरिएको हो । बिश्व बैंकले दैनिक एक डलर पनि कमाउन नसक्नेलाई निरपेक्ष गरिवीको रेखामा राखेको छ ।

बैदेशिक रोजगारीमा गएका युवा पनि बिदेशबाट ठुलो संख्यामा जागिर गुमाएर घर फर्किन क्रम बढेको छ । देश भित्र पनि रोजगारी कटौती हुने स्थितिले बढ्दो बेरोजगारीबाट गरिवीको बढ्ने समाजशाीस्त्री डा गणेश गुरुङ बताउँछन् ।

अर्थबिद्हरुले पनि कोरोनाको महामारीबाट बेरोजगारीको संख्या बिकराल रुपमा बढेको हुदाँ नेपालको गरिवीको ग्राफ बढेको बताएका छन् । नेपालमा कारोनाको महामारीबाट करीव ३० प्रतिशत भन्दा बढीले रोजगारी गुमाएको अवस्था छ । बेरोजगारी अझ बढ्ने स्थिती भएको हुदाँ गरिवीको दर झन बढ्ने अर्थबिद्हरुको अनुमान छ ।

कोरोना महामारीबाट आर्थिक जीवन प्रभावित बन्दै जाँदा बिहान बेलुका काम गरेर जीवन चलाउने बर्ग गरिबीको चपेटामा पर्ने खतरा बढेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?