बन्यजन्तु र चराको राजधानी बर्दिया

पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित

बन्यजन्तु र चराको राजधानी बर्दिया

मंसिर २९, काठमाडौँ।लामो समयको लॉकडाउनले ठप्प भएको नेपालको पर्यटन बजार बिस्तारै  ठाउँमा फर्कदै छ।

कोरोना संक्रमणले पर्यटन व्यवसायीहरू निरास भइरहेको बेला बर्दियाका व्यवसायी केही उत्साहित देखिन्छन्।

कोरोनाका कारण लकडाउन भएदेखि सुनसान रहेका बर्दियाका होटल तथा होमस्टेमा केही समयदेखि चलायमान हुन थालेका छन्। आन्तरिक पर्यटकहरू दैनिक बर्दिया आउन थालेका छन्।

बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। त्यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ। निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका खोलामा आउँछन्। घन्टौं बस्छन्। त्यतिबेला टाढैबाट तिनका तस्बिर खिच्न सकिन्छ।बर्दियामा बाघ मात्र होइन, अरु जनाबर पनि छन्। ४१ वटा एक सिंगे गैडा, १२० वटा भन्दा बढी जंगली हात्ती छन्। सयौं थरि चरा पनि छन्। खासमा बर्दिया विगतमा राजा/महाराजाको शिकार खेल्ने थलो थियो। निकुञ्ज ९६८ वर्ग किलोमिटरमा फैलेको छ। सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएकामा सन् १९८८ मा यसलाई निकुञ्ज बनाइएको हो।

Facebook Comment

छुटाउनुभयो कि?