बाँकेको गाभर भ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षक गन्तव्य

पर्यटन बजार८ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

बाँकेको गाभर भ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षक गन्तव्य

जेठ ८, काठमाडौं । पछिल्लो समय बाँकेको गाभर भ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि गन्तव्य बनेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको गाभर भ्याली ग्रामीण पर्यटनको नमुना क्षेत्र बन्दै गएको छ ।

यस ठाउँमा बाँके जिल्लाको पहिलो सामूदायिक होमस्टेका रुपमा गाभर भ्याली होमस्टे रहेको छ । त्यस्तै अहिले एक ठाउँमा ८ वटा घरमा होम स्टे संचालमा आएको छन् भने अर्को ठाउँमा ४ वटा घरमा होमस्टे सञ्चालनमा आउने क्रममा छन् । गाभर क्षेत्रमा करिब ४ सय घर दुरी रहेका छन् । सो क्षेत्र रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि ८ किलोमिटरमा रहेको छ । होम स्टेमा विशेष गरी चौधरीहरुको विशेष प्रकारलाई प्राथमिकता दिईन्छ भने त्यहाँ पुग्दा पाउनाहरुलाई आफ्नै घरमा पुगे जस्तो अनुभवन हुने गरेको पाईनछ ।

त्यस्तै होमस्टेमा पाहुनाहरुलाई बस्नका लागि तथा तालिम, गोष्ठीका लागि समेत सुन्दर कोठाको व्यवस्था गरिएको छ । होमस्टे संचालन भएदेखि नै यस क्षेत्रमा मानिसहरुको चहलपहल बढेको स्थानियको भनाई छ ।

मिश्रित परम्परामा आधारित रहेको गाभर भ्याली होमस्टेमा परम्परागत परिकारहरुको स्वद लिन सकिन्छ । यस ठाउँबाट थारु संगालयको अवलोकन, विभिन्न प्रजातिका चरा अवलोकन, भिलेज वाक, जंगल सफारी, जैविक पार्क अवलोकन गर्न सकिन्छ ।

यस ठाउँमा स्थानिय रुपमा उत्पादन गरिएका अनदीको भात, ढिक्री, कोदो, ढिडो, घोंघी, गंगटो, जस्ता थारु परिकारको स्वाद लिन पाईन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?