बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

पर्यटन बजार१४ आश्विन २०७७, बुधबार मा प्रकाशित

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

असोज १४,रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६  रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो ।

चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
Facebook Comment

छुटाउनुभयो कि?