बानेश्वर दुर्घटना – कार, बस र टिपर आपसमा ठोकिँदा चालक गम्भीर घाइते

पर्यटन बजार१० मंसिर २०७७, बुधबार मा प्रकाशित

बानेश्वर दुर्घटना – कार, बस र  टिपर आपसमा ठोकिँदा चालक गम्भीर घाइते

गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय मिटर टाढा शान्तिनगर नजिक ती गाडीहरु विपरीत दिशाबाट आइरहेको बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किए ।

यो दुर्घटनामा टिपर चालक दोलखाको साविक शैलुंगेश्वर गाविसका ३२ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका छन् । उनलाई ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ ।

कार चालक धुलिखेल बस्ने विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् । बस चालक फरार छन् । बसमा यात्रुहरु थिएनन् ।

Facebook Comment

छुटाउनुभयो कि?