बारामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

बारामा थप चार जनामा कोरोना संक्रमण पुष्टि

जेठ१६, काठमाडौं।बारामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार पचरौता नगरपालिका–२ का २७, २८ र ४५ तथा वडा नम्बर ६ का २७ वर्षीय पुरुष व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै बारामा संक्रमितो संखया ५८ पुगेको उनले बताए ।

संक्रमित सबै जना भारतबाट आएर पचरौता नगरपालिका वडा नम्बर १ स्थित पीपरपाती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?