बाराही जंगल लजद्धारा आइतबार चितवनको मेघौलीमा रक्तदान कार्यक्रमको आयोजना

पर्यटन बजार३१ बैशाख २०७६, मंगलवार मा प्रकाशित

बाराही जंगल लजद्धारा आइतबार चितवनको मेघौलीमा रक्तदान कार्यक्रमको आयोजना

बैशाख ३१, काठमाडौँ  । आउँदो बुद्ध जयन्तीको अवसर पारेर पर्टनको अग्रणी व्यवसायी मध्येको एक बाराही जंगल लजद्धारा आइतबार चितवनको मेघौलीमा आयोजित रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  उक्त रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ। 

लजको व्यवस्थापन तथा रेडक्रश नेपालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रमका कुल ७९ रक्तदाता मध्ये ४० जना बाराही लजकै विभिन्न तहमा कार्यरत कर्मचारी थिए भने बाकीँ रक्त दाता स्थानीय व्यक्तिहरु रहेको बाराही जंगल लजका सेल्स एण्ड मार्केटिङ ग्रुपका डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिनुभयो ।

देशका अस्पताल र खासगरी उपत्यका बाहिरको अस्पतालमा समय समयमा देखिने रगत अभाव पूर्तिमा सहयोग गर्न उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थापाले बताउनुभयो ।

Facebook Comment

छुटाउनुभयो कि?