पर्यटन बजार८ चैत्र २०७५, शुक्रबार मा प्रकाशित
चैत ८, काठमाडौं । विगत विगत ८ वर्ष देखि मातापिता गुमाएका, विभिन्न रोगबाट ग्रसित भएका संरक्षक विहीन अनाथ बालबालिकाहरूलाई निरन्तर रूपमा सेवा दिदै आएको संस्था ” माया घर (अनाथ बाल आश्रम) “अहिले कीर्तिपर न.पा.-४, भत्केपाटीमा सञ्चालन भईरहेको छ ।
यस आश्रमको आफ्नै भौतिक संरचना, आवास गृह तथा कुनै स्थायी आयश्रोत र कोष नभएको हुनाले कदम-कदममा आर्थिक अभाव र कठिनाइहरुको सामना गरिरहनु परेको छ । यिनै कठिनाइहरुलाई मध्यनजर गर्दै आश्रम को आफ्नै आवास भवन निर्माणका साथै बालगृहको नाममा अक्षय कोषको स्थापना गरी बालबालिकाहरुको उज्वल भविष्य सुनिश्चित गर्नका लागि आगामी चैत ११ गते देखि १९ गतेसम्म श्रीमद भागवत धन धान्याचल ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।
यो श्रीमद भागवत, माया घर (अनाथ बाल आश्रम) र स्थानीय वासिन्दाहरुको संयुक्त तत्वावधानमा प्रसिद्ध पं. ज्यो. डा. केदारनाथ अधिकारी ज्यूको समुन्वयमा हुन गइरहेको छ । भवनको निर्माण गरी आश्रमको नाममा बालबालिकाको उच्च शिक्षा सम्मको लागि अक्षयकोषको स्थापना गरि उनीहरूको उज्वल भविष्यको निर्माण गरि आश्रित अनाथाहरूलाई दक्ष र कर्मठ नागरिक बनाउनु प्रमुख उदेश्य रहेको संस्थाका अध्यक्ष दुर्गा पौडेल आचार्यले जानकारी गराउनुभयो।
आचार्यले भन्नु भयो , यो यज्ञ तपाई हामी सबैको यज्ञ हो र हाम्रो संकल्प पनि उत्साहका साथ सम्पन्न गर्ने जिम्मेवारी र दायित्व हामी सबैको हो । यस यज्ञमा तपाई आफै मूल कर्ता र अभियान्ता बन्न सक्नु हुने छ । अमृतमय भागवत कथा श्रवण तथा आफनो ठाउँबाट मन, वचन र कर्मद्वारा सहयोग को लागि सम्पूर्ण धर्मानुरागी दाजुभाई, दिदीबहिनी, आमाबुबा तथा सम्पूर्ण सज्जन भक्तहरूमा हार्दिक अपिल गर्दछौं ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit