बिशेष छुटका साथ क्रिसमसमा ‘दरबार इन’ होटेल संचालनमा आउंदै

पर्यटन बजार६ पुष २०७७, सोमबार मा प्रकाशित

बिशेष छुटका साथ क्रिसमसमा ‘दरबार इन’ होटेल संचालनमा आउंदै

क्रिसमस ईसाईहरुको सबैभन्दा ठूलो पर्व हो , यसको अन्तर्राष्ट्रिय समुदायमा अत्यन्त राम्रो क्रेज छ।  उसो त नेपाल हिन्दु राष्ट्र हो तर सबै धर्मको सम्मान गर्ने नेपाल र नेपालीहरुले क्रिसमसलाइ राम्रै स्थान दिएर खुसियालीका साथ मनाउने गर्दछन। सोहिक्रममा नेपाली जनको सम्मानलाई आधार मान्दै र अन्तर्राष्ट्रिय समुदायको पर्वको कदर गर्दै क्रिसमस कै दिन पर्यटनको मुटु मानिने ठमेल क्षेत्रमा ” दरबार इन” होटल संचालनमा आउने भएको छ। विश्‍वव्यापी रूपमा फैलिएको  कोरोनाको महामारीले हाल पर्यटन क्षेत्र सुस्त बनेको अवस्थामा कोरोनाको चुनौतीलाइ स्वीकार गर्दै ब्यबसायीहरुले होटल संचालनमा ल्याउन लागेका हुन्।

मध्यम वर्गीय पर्यटकलाई मध्यनजर गर्दै संचालनमा आउन लागेको उक्त होटलमा बिभिन्न किशिमका ३५ वटा कोठा रहेका छन् । रेस्टुरेन्ट, बार र सभाहलसमेत रहेको होटलको प्रमुख उदेश्य सुपथ मुल्यमा सम्पूर्ण सेवा उपलब्ध गराएर अन्तर्राष्ट्रिय बजारमा नेपालको आतिथ्यता चिनाउनु हो।

होटलका मेनेजिङ् डाइरेक्टर दिवाकर सिलवाल भन्छन्, ‘कोरोनाका कारण विश्वको पर्यटन क्षेत्र नै धराशयी बनेको बेला हामीले होटल आराम्भ गर्ने निधो गरेका छौं ।’ हाम्रो टार्गेट भ्रमण बर्ष २०२० थियो तर कोरोना महामारीका कारण हामी सफल बन्न सकेनौँ , केहि समय ढिलो नै सहि,  क्रिसमसको अवसर पारेर  ”दरबार इन” को उद्घाटन मिति तय गरेका छौँ। “हालसम्म “दरबार इन” ले कुनै स्टारको रेटीङ नलिएको खुलाउदै सिलवालले भविष्यमा श्रोतसाधन (स्विमिङ्ग पुल लगायत थप सुबिधा ) थप गरि ४ तारे होटलमा परिणत गर्ने योजना सार्वजनिक गरे।

जसरि बसन्त , ऋतु , सरद र शिशिरले नेपालको सबै मौषमलाइ बयान गर्दै हरेक मौसममा नेपालको फरक फरक दृश्यावलोकन गर्न , प्रकृतिको रसस्वादन गर्न पर्यटकलाई निम्तो दिईरहेको हुन्छ त्यसरी नै हाम्रो होटलले पनि ४ ओटै सिजन , ३६५ दिन नै उही प्रकारको सेवा दिन तत्पर रहेको छ सिलवालले बताए ।

पर्यटकको शहर भनेर चिनिने ठमेल मै होटल खोल्नुको कारण भने ठमेलको बिबिधतानै मुख्य आधार बनेको सिलवालको भनाई छ। रात्रीकालिन जीवन होस् वा नेपाली देखि कन्टिनेन्टल खानाको स्वाद , विश्वका बिभिन्न देशका मानिसको जमघट हुने स्थान वा भनौ भाषा संगै संस्कृतिको अवलोकन , फरक भेषभुषा संगै फरक जातीयताको संगम स्थल यी सबैका कारण ठमेल मै होटल संचालन गर्ने सोच बनाएको उनि बताउंछन्।

क्षेत्रपाटी – १६ , मा रहेको होटलमा आएका गेस्टले ठमेलको बिबिधतासंगै केहि कदमको दुरीमा रहेको काठमाडौँ दरबार स्क्वायर , दरबार मार्ग , रानीपोखरी लगायतको पर्यटकीय गन्तव्यको समेत यात्रा केहि समयमै तय गर्न सक्नेछन।

ठमेलका हजार भन्दा बढी स्तरिय होटलहरुको नयाँ प्रतिष्पर्धी बन्न पाउँदा खुशि छन् होटलका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर अमित गुरुङ। कोरोनाको समय पक्कै पनि सजिलो छैन , तर जहाँ चुनौती त्यहिँ अवसर भने जस्तै यहि चुनौतीलाई अवसर बनाएर अघि बढ्ने गुरुङ बताउँछन। ” लामो समयको कोरोना प्रभावमा बर्षौ देखि संचालित होटललाई समेत टिक्न गार्हो परेको समयमा हामी बजारमा आएका  छौं , केहि समय हामीले पनि यसको असरलाइ स्वीकार गर्नुपर्ने नै हुन्छ , भनिन्छ नि हरेक रात पछि सुनौलो बिहानी हुन्छ , हो यो कोरोनाको अध्यारोपनलाई मेटाएर हामी पनि चाडै नै पुरानै लयमा फर्किनेछौँ, पर्यटन बजारमा नयाँ बिहानी आउनेछ ,गुरुङले भने।

गुरुङका अनुसार उद्घाटनको अवसरमा होटल “दरबार इन”ले गेस्टको बसाइमा ३० प्रतिशतको छुट गरेको छ भने ५० प्रतिशत खानामा छुट को व्यवस्था गरेको छ।  क्रिसमस लगत्तै आउने नयाँ बर्ष २०२१ मा पनि यो सेवा कायम रहने छ। गुणस्तरीय सेवा र शान्त वातावरण होटलको प्रमुख पक्ष रहेको बताउने गुरुङ  ग्राहकलाई एक

पटक सेवा गर्ने मौका दिन आग्रह गर्छन। ” गेस्टको सन्तुष्टी नै  हाम्रो होटलको सफलता हो , त्यसैले होटल “दरबार इन” मा सबैलाई स्वागत छ , एकपटक सेवा गर्ने मौका दिनुहोस हामी तपाईहरुलाई पूर्ण सन्तुष्ट बनाएर मात्र पठाउने छौं।”

Facebook Comment

छुटाउनुभयो कि?