बिष्णुद्वारमा हाइकिङ्ग जानेको लर्को ( हेर्नुहोस तस्बिरमा )

पर्यटन बजार१ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

बिष्णुद्वारमा हाइकिङ्ग जानेको लर्को ( हेर्नुहोस तस्बिरमा )

फागुन १ ,काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र पर्ने एक चर्चित धार्मिक स्थल हाे, विष्णुद्वार । विष्णुमती नदीकाे उद्गमस्थल रहेकाे विष्णुद्वारसँग हिन्दू धार्मिक महत्व रहेकाे छ । वैशाख १ गते बागद्वारमा स्नान गरेर आउने भक्तजन विष्णुद्वारमा आएर फेरी स्नान तथा पूजाअर्चना गरेर सपनतीर्थ ओर्लिने पूरानाे धार्मिक परम्परा अझै रहेकाे छ ।

आजभाेलि विदाका दिनमा विष्णुद्वारसम्म हाइकिङ गर्ने वा पदयात्रा गर्नेहरूकाे लर्को पनि धेरै नै बढेको छ । विशेष गरी विष्णुद्वारको भित्री जंगली दृश्य, झरना, ढुंगाहरूबीच लुकामारी खेल्दै बग्ने पानीमा रम्न कै लागि भनेर टाढा टाढा देखि आगन्तुकहरु आउने गरेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?