पर्यटन बजार११ भाद्र २०७७, बिहीबार मा प्रकाशित
भदौ ११, काठमाण्डौ। बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit