बेतना सिमसारमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो

पर्यटन बजार१४ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

बेतना सिमसारमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो

कात्तिक १४ ,काठमाडौं । मोरङको बेतना सिमसारमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको बेतना सिमसार क्षेत्रको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेकै कारण फुर्सदको समय मिलाएर पर्यटक बेतना आउने गरेका छन् । प्रकृतिको सुन्दरतामा रम्न चाहनेको अहिले बेतनामा भीड नै लाग्ने गरेको छ । आन्तरिक पर्यटकका लागि यो क्षेत्र रोजाइमा पर्ने गरेको छ ।

बेतनामा सिमसार १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । मोरङसहित झापा, सुनसरी र छिमेकि राष्ट्र भारतबाट समेत पर्यटक आउने गरेका छन् । बेतना सिमसार क्षेत्रमा कछुवाको प्रजननन क्षेत्रका रुपमा परिचित छ । कछुवाका अनुसन्धान क्षेत्रको रुपमा विकास भइरहेको बेतना सिमसारमा कमिलाको प्रतिक काठेपुल अजिगर, बाँदर, वन कुखुरा, बकुल्ला, हरिण, बँदेल ,खरायो, गधा, लगायतका पशुपंक्षि तथा जनावार हेर्न पाइन्छ ।हेरौं बेतानाका केहि तस्बिरहरु ;

             

Facebook Comment

छुटाउनुभयो कि?