भर्जिन गन्तव्य मानहुँकोट, एकैदिनमा पुग्छन हजारौं पर्यटक

पर्यटन बजार२२ कार्तिक २०७७, शनिबार मा प्रकाशित

भर्जिन गन्तव्य मानहुँकोट, एकैदिनमा पुग्छन हजारौं पर्यटक

कार्तिक२२,काठमाडौं।केही समय अघि तीनधारे अर्थात बाहुबली झरनामा अति नै चर्चा मा आयो । हाल सम्म पनि उक्त झरनाको चर्चा सेलाएको छैन। त्यस्तै पोहोर साल चर्चामा आयो सिम्बा झरना । पोहोर को चर्चा त छँदै छ यो साल कोरोना ले पनि झरना मा जान बाट आगन्तुक हरुलाई रोक्न सकेन । हजारौं को संख्यामा आगन्तुक हरुले ती झरना हरु मा पुगेर मनोरंजन लिएर फर्किए।

यी त केही उदाहरण हुन् नयाँ गन्तव्य हरुको । यही बाट यो कुरा पनि प्रष्ट हुन्छ कि गन्तव्य नयाँ छ भने आन्तरिक पर्यटक नै काफी छन् उक्त स्थानको लागि। अनेकौं प्रचार प्रसार गरेर बाह्य पर्यटक तान्न जरूरी नै छैन। आंतरिक पर्यटकको तस्बिर र प्रचार नै महत्वपूर्ण हुनसक्छ विदेशी पर्यटक को लागि।

हाल नयाँ गन्तव्य चर्चामा आएको छ । उक्त स्थानको नाम हो तनहुँ को मानहुकोट । एकैदिनमा हजारौं आन्तरिक पर्यटकले उक्त स्थानको भ्रमण गर्ने गरेका छन् । कोरोना को डर बिर्सेर , ७ महिना देखिको तनाव ले भरिएको जिन्दगीमा रङ्ग भर्न पुग्ने आगन्तुक हरु खुलेरै आफूलाई रिफ्रेश गरिरहेका छन् ।

के छ त मानहुकोट मा :

जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?