भवन बनाउँदा लडेका पुरूषमा कोरोना संक्रमण

पर्यटन बजार९ भाद्र २०७७, मंगलवार मा प्रकाशित

भवन बनाउँदा लडेका पुरूषमा कोरोना संक्रमण

 भदौ ९ ,काठमाडौँ। रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक जना कोरोना संक्रमितको सोमबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीको गैंडहवा गाउँपालिका -३ का ५० वर्षीय पुरूष छन्। भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका उनलाई कोरोनाको समेत संक्रमण देखिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भवन निर्माणको क्रममा लडेर मस्तिकमा गम्भीर चोट लागेका उनलाई कोरोनाको समेत संक्रमण देखिएको र उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।

भवन निर्माणको क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेका उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारको क्रममा स्वाब परीक्षण गर्दा भदौ ५ गते कोरोनाको समेत संक्रमण देखिएपछि सोमबार भीम अस्पताल पठाइएको थियो।

भीम अस्पतालमा उपचार गर्दागर्दै सोमबार राति ११ बजेतिर उनको मृत्यु भएको गिरीले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?