पर्यटन बजार२१ भाद्र २०७७, आईतवार मा प्रकाशित
भदौ २१, काठमाण्डौ। भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोनाभाइरसको संक्रमित थपिएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन्। अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।योसँग भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। तीमध्ये ८ लाख ६२ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६ सय २६ जनाको मृत्यु भएको छ।
शनिबार अहिलेसम्मकै बढी संक्रमित थपिएपछि भारत धेरै कोरोनाभाइरस संक्रमित भएका देशमा दोस्रो स्थानमा उक्लेको छ। यसअघि दोस्रो स्थानमा रहेको दक्षिण अमेरिकी मुलुक ब्राजिललाई पछि पार्दै भारत अमेरिकापछि धेरै संक्रमित हुने दोस्रो मुलुक बनेको हो।
भारतमा एकातिर कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ भने अर्कातिर अर्थतन्त्र तीव्र गतिले ओह्रालो लागेको छ। पछिल्लो विवरणअनुसार दोस्रो त्राइमासमा भारतको अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit