भारतले कोभिड-१९ को खोपलाई अनुमित दिने ,नेपालमा कहिले ?

पर्यटन बजार१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

भारतले कोभिड-१९ को खोपलाई अनुमित दिने ,नेपालमा कहिले ?

पुस १७, काठमाडौं । भारतले कोभिड-१९ को खोपलाई छिट्टै अनुमित दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् ।

आज शुक्रबार यस सम्बन्धी महत्वपूर्ण बैठकको आयोजना गरिएको छ । आजको बैठकमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपत्कालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको छ ।

दुई कम्पनीले सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरु पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको हो । बिहीबार नै अनुमति दिने अपेक्षा गरिए पनि यी कम्पनी पर्याप्त कागजात पेस गर्न नसकेका कारण केही ढिलाइ भएको हो ।

सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउनको लागि साझेदारी गरेको छ । वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइसकेको छ ।

भारतमा अनुमति पाउनसाथ नेपालका पनि आपत्कालिन प्रयोगका लागि ल्याउन सरकारले पहल गरिरहेको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भने,’भारतका विभिन्न सम्बन्धी निकाय र खोप उत्पादन कम्पनीहरुसँग मैले कुराकानी गरिरहेको छु ।’

सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट किन्ने प्रक्रिया अगाडि बढाएको छ ।

यस अगाडि परराष्ट्र मन्त्रालयले भारतलाई एक औपचारिक पत्र नै पठाइसकेको छ भने अर्थ मन्त्रालयलाई वजेटको व्यवस्था गर्न समेत भनिएको छ । भारतबाट खोप खरिद गर्ने सम्बन्धमा बिहीबार स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले छलफल गरेका थिए ।

भेटमा खोपको खरिद र आपूर्तिमा सहकार्य गर्ने विषयमा विस्तृतमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।सरकारले भारतमा आपत्कालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि खोप ल्याउने बताएको छ ।

यो पनि पढ्नुहोस !

बेथानञ्चोक – यात्रा एक अनुभव अनेक !

Facebook Comment

छुटाउनुभयो कि?