भिजिट भिसामा महिलालाई स्थानीय तहको सिफारिस चाहिने बिषय सत्य हैन : अध्यागमन

पर्यटन बजार२९ माघ २०७७, बिहीबार मा प्रकाशित

भिजिट भिसामा महिलालाई स्थानीय तहको सिफारिस चाहिने बिषय सत्य हैन : अध्यागमन

माघ २९, काठमाडौंअध्यागमन विभागले नेपाली महिलालाई भिजिट भिसामा जाँदा परिवारका सदस्य तथा स्थानीय तहको सिफारिस चाहिने भन्ने विषय सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीयतहको सिफारिसको आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचारमा आएजस्तो विषय नभएको भन्दै अध्यागमन विभागले विज्ञप्तिमा लेखेको छ, ‘यो विषय समाचारमा आएको जस्तो नभइ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तनरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयमा बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

Facebook Comment

छुटाउनुभयो कि?