भिटोफ नेपालको निर्वाचन चैत्र २० मा , को को छन आकांक्षी ?

पर्यटन बजार११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

भिटोफ नेपालको निर्वाचन चैत्र २० मा , को को छन आकांक्षी ?

फागुन ११, काठमाण्डौ । गाउँ पर्यटन पवद्र्धन मञ्च (भिटोफ) नेपालको २४ औँ साधारणसभा चैत्र २० गते राजधानीमा हुने भएको छ । साधारण सभासहित हुने निर्वाचनमा आगामी नेतृत्वका लागि बर्तमान भिटोफ नेपालका प्रथम उपाध्यक्ष दिपक दाहाल, पूर्वमहासचिव राजकुमार थापा, बर्तमान महासचिव जस्फा पाण्डे, बर्तमान कोषाध्यक्ष राजकुमार धमलाको नाम चर्चामा छ ।

आगामी चैत्र ११ गतेसम्म सदस्यता नविकरणको मिति तय गरिएको भिटोफ नेपालका अध्यक्ष ध्रुब सिंखडाले जानकारी दिए ।

भिटोफ नेपालले पर्यटन संभावना बोकेका ग्रामिण क्षेत्रहरुलाई उजागर गरी आन्तरीक पर्यटन प्रवद्र्धन गर्दै आइरहेको छ । शहर केन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउँदै नमूना घरबाट पदयात्रा ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई समेत भिटोफले अघि बढाइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?