भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९, हुने

पर्यटन बजार२० फाल्गुन २०७५, सोमबार मा प्रकाशित

भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९, हुने

फागुन २०, काठमाडौं । भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९, हुने  भएको छ । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो  ।

बैशाख १३ र १४ गते हुने मेलामा पर्यटन सम्बद्ध २२५ व्यवसायिक संघ–संस्था तथा व्यापारिक स्टल रहने छन् । सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन मेला थप सहयोगी हुने आयोजक गन्तव्य ईभेन्ट म्यानेजमेन्टको भनाई छ । पहिले देश अनि बिदेश भन्ने नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागिहरुले सरकारको प्रयासमा निजी क्षेत्रको पहिलोपटक उत्साह जोडिएको भन्दै मेलाले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफुले सक्दो सहयोग गर्ने बताए । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाण्डेले दिगो समृद्धिको बाहक आन्तरीक पर्यटनले मात्र सम्भव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखी आन्तरीक पर्यटनको केन्द्र रहेको भन्दै विकसित समयमा यसको प्राबिधीक दायरा पनि फराकिलो हुँदै गएको बताए । आन्तरीक पर्यटक पर्यटनको चुरो भन्दै उनले पूर्वाधार बिना पनि आन्तरीक पर्यटन सुरुवात हुने र समयक्रममा पूर्वाधार अपरिहार्य हुने बताए । होमस्टे एसोसिएसन अफ नेपाल(होसान)का अध्यक्ष केशब बडालले मुलुकभरका ७७ ओटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको बताउँदै मेला सफल बनाउन देशभरिबाट स्टल राख्ने र सक्रिय भएर लाग्ने बताए ।

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले नेपाल भ्रमण बर्ष २०२० को भिजन सफल पार्नकै लागि आफुहरुले मेला आयोजना गरेको भन्दै सरोकारवालाहरु लाई समेटेर सँगै अगाडि बढ्ने बताए । २० लाख पर्यटक भित्राउने उद्देश्यलाई पुरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफुले बिगतदेखी सहकार्य गरेको भन्दै अधिकारीले पर्यटनमा नयाँ आशा जगाउन आफु लागि परिरहने बताए ।

Facebook Comment

छुटाउनुभयो कि?