भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

पर्यटन बजार२४ मंसिर २०७७, बुधबार मा प्रकाशित

भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

मंसिर २४, काठमाडौँ कोभोलि बिहिबारदेखि काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) सुरु हुँदैछ । चारदिनसम्म जारी रहने किम्फको यो अठारौं संस्करण हो । कोभिडको कारण यसपालि यो चलचित्र मेला भर्चुअल हुने आयोजकले जनाएको छ ।महोत्सवमा प्रदर्शन हुने चलचित्र www.kimff.org मार्फत् हेर्न सकिन्छ । यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्र्तगत कथानक र वृत्तचित्र गरी १२ वटा चलचित्र देखाइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ ।

किम्फको उद्घाटन भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै हुनेछ । यस चलचित्रको छायाङ्कन नेपालमा भएको थियो । सोही मेसोमा रिम्पोचेले भर्चुअल प्रवचन दिने कार्यक्रम छ ।

के छन् आकर्षण ?

हिमाली जनजीवनसँग सम्बन्धित चलचित्र एवं वृत्तचित्रहरु हेर्न पाइनेछ । विभिन्न मुलुकका फिल्ममेकरहरुले बनाएका चलचित्र घरमै बसीबसी हेर्ने सुविधा छ । यसै मेसोमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मीबीच भर्चुअल छलफल समेत हुने आयोजकको भनाइ छ ।

दिवंगत लेखक पिटर जे कार्थको ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन हुनेछ । कोभिड १९ र लकडाउनबारे बनानइएका विशेष वृत्तचित्र प्रदर्शन हुनेछ । त्यसैगरी प्रदर्शनपछि उक्त वृत्तचित्रका पात्र र कोभिड विशेषज्ञबीच छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय र नेपाली पानोरमा अन्र्तगत् छुट्टाछुट्टै चलचित्रबीच प्रतिस्पर्धा गराइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख,  एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

उत्कृष्ट नेपाली कथानक चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नाम विश्व संस्थाको सक्रिय सदस्य रहेको छ । यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?