भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

पर्यटन बजार२ भाद्र २०७७, मंगलवार मा प्रकाशित

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

भदौ २, काठमाण्डौ भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?