भ्यू टावरै टावरको देश बन्दै नेपालन

पर्यटन बजार२८ पुष २०७७, मंगलवार मा प्रकाशित

भ्यू टावरै टावरको देश बन्दै नेपालन

पुस २८,काठमाडौं । अबको केहि वर्षपछि टावर नै टावरको देश कुन हो ? भनेर सामान्य ज्ञानमा सोधियो भने ‘नेपाल’ भन्ने उत्तर पाइला । किनभने नेपालमा संघीय सरकार मात्र नभएर, प्रदेश सरकार र स्थानीय सरकारहरु पनि कङ्क्रिट टावर निर्माणमा लागि परेका छन् । लाखौँ–करोडौँको बजेट छुट्याउने र बढेमानको भ्यू टावर ठड्याउने होड नै चलेको छ ।गत आर्थिक वर्ष २०७४/७५ पछि मात्र विभन्न स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले समेत गरी भ्यू टावर निर्माणको शीर्षकमा मात्र करिब ४ अर्ब रुपैयाँ बराबरको बजेट छुट्याएको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । साना ८–१० लाखका स्थानीय टावर निर्माणदेखि अर्बौँ लगानीमा समेत भ्यू टावर निर्माण हुँदै गरेको तथ्याङ्कले देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा अर्बको लगानीमा एउटा भ्यू टावर बन्दैछ ।

Facebook Comment

छुटाउनुभयो कि?