पर्यटन बजार२५ मंसिर २०७७, बिहीबार मा प्रकाशित
मंसिर २५, काठमाडौँ।वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रलाई बुंगमतिबाट पाटन ल्याइएको छ। बुधबार दिउँसो खटमा बोकेर रातो मच्छिन्द्रनाथलाई खटमा ल्याइएको हो।
प्रत्यक वर्षको ६-६ महिना रातो मच्छिन्द्रनाथ पाटन र बुंगमति बस्ने चलन छ। यो पटक भने कोरोना महामारीका कारण रथ यात्रा नै समयमा भएन। समय घर्किँदै भदौतिर बल्ल सम्पन्न भयो।
महामारीकै कारण रथ यात्रा नै स्थगित हुने अवस्थामा पुग्दा सम्पदा अभियन्ता र स्थानीयले विरोध जनाएका थिए। मलमासमा रथ तान्न नहुने र दसैंअगाडि त बुंगमतिमा मच्छिन्द्रनाथ नभई नहुने चलन छ। यसै कारण प्रहरी र उनीहरूबीच झैझगडा नै भयो। पछि बल्ल सावधानी अपनाएर जात्रा सम्पन्न गर्न सरकारी निकायबाट निर्देशन आएको थियो।
समय अभाव र सुरक्षा सावधानीका कारण विगतका वर्ष झैं यस वर्ष टोलटोलमा रथयात्रा हुन सकेन। मच्छिन्द्रनाथलाई केही मिटर मात्र तानेर खटमा राखेर बुंगमति पुर्याइयो। यो पटक रथ यात्रा राम्ररी सम्पन्न हुन नसक्दा देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा पनि गरिएको थियो।१४ सय वर्ष पुरानो इतिहास बोकेको रातो मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याएको किम्बदन्ती छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit