मनै फुरुङ्ग बनाउँछ फुङफुङ्गे झरनाले

पर्यटन बजार२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

मनै फुरुङ्ग बनाउँछ फुङफुङ्गे झरनाले

असोज२८, ताप्लेजुङ।फुङ्फुङ्गे झरना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरनाले परिचित छ । फुङ्फुङ्गे झरना अहिले ताप्लेजुङको मात्र नभइ नेपालकै रोजाइको पर्यटकीय स्थल बन्दै गएको छ ।

फुङ्फुङ्गे झरनाको दृश्यावलोकनमा रमाउनेहरु अहिले दैनिक सयौं संख्यामा त्यहाँ पुग्न थालेका छन् । यसले पर्यटन प्रवद्र्धनमा टेवा मात्र पु¥याएको छैन, नजिकै रहेका होम स्टेहरुले व्यवसायिक अभियानसमेत थालेका छन् । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवामा रहेको फुङ्फुङ्गे झरना अहिले पर्यटकिय आकर्षणको केन्द्रमा रुपमा उदाउँदै गएको छ । झरनाको अवलोकन गर्नेहरुका लागि झरना नजिक होम स्टेमा स्वागत तथा सत्कार गरिन्छ । पुग्दै देखि स्वागतका लागि नाचगान हुन्छ र बिदाइमा टीका र फूल अर्पिने गरिन्छ ।

स्थानीय उत्पादनका परिकार त्यहाँको अर्को सुन्दर पक्ष हो । स्थानीय बिजय साँवा पछिल्लो समय फुङ्फुङ्गे झरनाको अवलोकनका लागि आउनेहरुले स्थानीय होम स्टेहरुलाइ व्यवसाय प्रवद्र्धन गर्न सघाएको बताउँछन् ।

उनीहरुले पाहुनाको स्वागतका लागि स्थानीय समुदायको सांस्कृतिक झल्को दिने गीत–संगीत प्रस्तुत गर्ने गरेका छन् । अधिकाशं लिम्बू समुदायको बस्ती रहेकोत्यहाँ च्याब्रुङ नाच, बिजुवा नाच, धान नाचले स्वागत गरिन्छ ।

प्राकृतिक रुपले बेहुली झैं सजिएको फुङ्फुङ्गे झरनाको वरिपरिको प्राकृतिक सौन्दर्यता पनि उत्तिकै मनमोहक रहेको छ । झरनामा देखिने इन्द्रेणीले अझै पर्यटकिय मनलाइ त्यहिँ राख्न कोशिस गर्छ ।

शिरदेखि कतै नठोक्किई सिधै झर्ने र फुङ्फुङ् आवाज आउने भएकाले झरनाको नाम फुङ्फुङ्गे राखिएको विश्वास गरिन्छ । ताप्लेजुङ सदरमुकामबाट करिव ४ कच्ची सडक पार गरेपछि पुग्न सकिने यो झरना निकै आकर्षक छ । अहिलेसम्म झरनाको उचाइसमेत नापिएको छैन । बाह्रै महिना पानी झरिरहने यो निकै अग्लो छ । झरनाको शिरमा सङ्लो पोखरी भएकाले यस क्षेत्रका बासिन्दाले यहाँ पूजा आराधना पनि गर्ने गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?