मातृभूमि नेपाल

पर्यटन बजार१५ माघ २०७७, बिहीबार मा प्रकाशित

मातृभूमि नेपाल

प्राकृतिक सुन्दर पन छ जन्मभूमि देश भित्र
यही सुन्दरतामा रमाएर बनाएकाे शब्द चित्र
मनाेरम कला दृश्य प्रकृतिले सजाइ दिएको
शुभ दृष्टि पवित्र प्याराे सृजनाकारले लिएको

साैभाग्यले जन्म पाइयो पवित्र नेपाली माटोमा
हिमाल पहाड झरना ताल सुन्दरताकाे पाटाेमा
प्राकृतिक रूपमा सिँगारिएकाे भूमि माैलिकता
पूर्व पश्चिम उत्तर दक्षिण जतासुकै छ सुन्दरता

हिमाल पर्वत उत्तर तिर सगरमाथा उच्च शिखर
माछापुच्छ्रे अन्नपूर्ण मनास्लु चम्किलो सेतो निखर
फेवा वेगनास रारा तिलिचाे मेमे दुधपाेखरी ताल
सृष्टि सृजनामा नेपाललाई मिल्यो अनमाेल माल

गाेर्खा धार्चे लम्जुङ स्याँगे म्याग्दीमा रूप्से छहराे छ
हरियाली पहाडी भागमा बगिरहेको जलकाे लहराे छ
पूर्व मेची सप्तकाेशी सेतीकाली बुढी नामका गण्डकी
कर्णाली पश्चिम महाकाली हाम्रो सीमा भित्र खण्डकी

नेपाली हातका कला काैशल मठ मन्दिर दरवार
जडिबुटी मुलकाे पानी तराईमा अन्नकाे भण्डार
बहादुरी स्वाभिमानमा विश्वमा अलग्गै पहिचान छ
जलश्राेतमा प्राकृतिक धनी उर्जाशील अभिमान छ

हिमाल काखमा डाफे मुनाल मयुरका सुन्दर नाच
बाघ भालु मृग जरायो खरायो हरिण लेकमा बाच
गैडा हात्तीका बथान ठूलो तराईका निकुञ्ज भरि
हरियाली जंगल भरि चराचुरुङ्गीका बथान धेरै थरी

लालीगुराँस फुलका वृक्ष पहाडी भिर पाखामा
लालुपाते बेली चमेली फूल्छन हिमाल काखमा
प्रकृति संगै खडा भएका छन पहरा गुफा खाेँच
अाफ्नाे देश अमुल्य धनलाई चिनाउनमा साेच

धार्मिक प्राकृतिक अाराेहण पैदल यात्राका साेख
न्यानो माया सुन्दर मनाेरम नेपाल अामाकाे काेख
पशुपतिनाथ मुक्तिनाथ बराहक्षेत्र गाेसाइकुण्ड साथै
पाथीभरा हलेसी महादेव बाग्लुङ काली समेत गाथै

स्वर्गद्वारी खप्तड भूभाग प्युठान पश्चिमी भागमा
कर्णालीका सुन्दर पहाड प्रकृति प्रेमिका रागमा
पूर्व इलामकाे चिया बगान पश्चिम देउतीबज्यै देवी
झापा शिव सताक्षी धाम प्रख्यात धार्मिक यात्री सेवी

पाैराणिक ऐतिहासिक प्राकृतिक गढी र किल्ला
गाैरवपूर्ण इतिहास साक्षी नेपाली बहादुर बिल्ला
विश्वमा चर्चित तपस्या गर्ने लुम्बिनीमा बन्यो पल
सुःख त्यागले शान्ति ज्ञान दिने बुद्ध जन्मेको स्थल
१०
जनकपुरमा महत्त्वपूर्ण रामजानकी मन्दिर छनि
चितवनमा जङ्गल सफारी पाेखरा पर्यटकका धनी
पाल्पा पुग्दा भैरवस्थान प्रेमकाे प्रतिक रानीमहल
कर्णाली काँक्रेविहार राराताल सेफाेक्सुण्डाे चहलपहल
११
शाह बंशकाे पहिलो उदगम लमजुङकाे गाउँशहर
घले गाउँमा पूरा हुन्छ मिठो घरेलुु व्यञ्जनकाे रहर
काफल ऐसेलु कटुस क्यामुनाे बनमा फल्छन फल
माैसम अनुसार फुल्छन फल्छन छैनन् कृत्रिम मल
१२
विश्व मानचित्रमा नेपाल राष्ट्र गाेर्खालीको देनमा रहेछ
गाेरखनाथ बाबाकाे अाशिर्वाद पृथ्वीनारायणमा भएछ
गाेरखा कालीका मनकामना शक्ति पिठका ख्याति
बहादुर गाेर्खाली त्याग बलिदानले बनेको ठूलो छाती
१३
विदेशीलाई लाेभ्याइरहेकाे यिनै प्रकृति मालले
पाहुनालाई सत्कार गर्ने नेपाली माैलिक चालले
साेरठी राेइला ठाडो भाका राेदी घरमा छ रन्काे
मादल खैजडी मुरली बाजा नाच्दै जाेस फन्काे
१४
काधमा छ हलाे जुवा खुर्पेटाे छ कम्मर साथमा
काेदाे ढिडाे गुन्द्रुक झाेल माैरीकाे मह गासमा
तरूल भ्याकुर कुरिलाे ठाेटने तामा टुसा न्युराे
लेक बेशीका प्राकृतिक व्यञ्जन खादा स्वादे जिब्रो
१५
अाखा कान हात खुट्टा मानव ज्यानको अंग
मातृभूमिकाे हितका निम्ति हुनुपर्छ साथ संग
बर्तमानकाे नेपाली भूभाग हाम्रो पाइला रहाेस्
नेपाली माटो परिचित साइनो सबैलाई बनाेस् ।
१६

ज्ञानशाली पन्त ” जिज्ञासु “
चिति स्याउत , लमजुङ ।
हाल : विराटनगर ।

Facebook Comment

छुटाउनुभयो कि?