मातृभूमि नेपाल

पर्यटन बजार२८ पुष २०७७, मंगलवार मा प्रकाशित

मातृभूमि नेपाल

पुस २८, काठमाडौँ।प्राकृतिक सुन्दर पन छ जन्मभूमि देश भित्र यही सुन्दरतामा रमाएर बनाएकाे शब्द चित्रमनाेरम कला दृश्य प्रकृतिले सजाइ दिएको शुभ दृष्टि पवित्र प्याराे सृजनाकारले लिएको

१.साैभाग्यले जन्म पाइयो पवित्र नेपाली माटोमा हिमाल पहाड झरना ताल सुन्दरताकाे पाटाेमाप्राकृतिक रूपमा सिँगारिएकाे भूमि माैलिकतापूर्व पश्चिम उत्तर दक्षिण जतासुकै छ सुन्दरता

२.हिमाल पर्वत उत्तर तिर सगरमाथा उच्च शिखर माछापुच्छ्रे अन्नपूर्ण मनास्लु चम्किलो सेतो निखरफेवा वेगनास रारा तिलिचाे मेमे दुधपाेखरी तालसृष्टि सृजनामा नेपाललाई मिल्यो अनमाेल माल

३.गाेर्खा धार्चे लम्जुङ स्याँगे म्याग्दीमा रूप्से छहराे छहरियाली पहाडी भागमा बगिरहेको जलकाे लहराे छपूर्व मेची सप्तकाेशी सेतीकाली बुढी नामका गण्डकी कर्णाली पश्चिम महाकाली हाम्रो सीमा भित्र खण्डकी

४.नेपाली हातका कला काैशल मठ मन्दिर दरवारजडिबुटी मुलकाे पानी तराईमा अन्नकाे भण्डार बहादुरी स्वाभिमानमा विश्वमा अलग्गै पहिचान छजलश्राेतमा प्राकृतिक धनी उर्जाशील अभिमान छ

५.हिमाल काखमा डाफे मुनाल मयुरका सुन्दर नाचबाघ भालु मृग जरायो खरायो हरिण लेकमा बाचगैडा हात्तीका बथान ठूलो तराईका निकुञ्ज भरिहरियाली जंगल भरि चराचुरुङ्गीका बथान धेरै थरी

६.लालीगुराँस फुलका वृक्ष पहाडी भिर पाखामा लालुपाते बेली चमेली फूल्छन हिमाल काखमा प्रकृति संगै खडा भएका छन पहरा गुफा खाेँच अाफ्नाे देश अमुल्य धनलाई चिनाउनमा साेच

७.धार्मिक प्राकृतिक अाराेहण पैदल यात्राका साेखन्यानो माया सुन्दर मनाेरम नेपाल अामाकाे काेखपशुपतिनाथ मुक्तिनाथ बराहक्षेत्र गाेसाइकुण्ड साथै पाथीभरा हलेसी महादेव बाग्लुङ काली समेत गाथै

८.स्वर्गद्वारी खप्तड भूभाग प्युठान पश्चिमी भागमा कर्णालीका सुन्दर पहाड प्रकृति प्रेमिका रागमापूर्व इलामकाे चिया बगान पश्चिम देउतीबज्यै देवी झापा शिव सताक्षी धाम प्रख्यात धार्मिक यात्री सेवी

९.पाैराणिक ऐतिहासिक प्राकृतिक गढी र किल्ला गाैरवपूर्ण इतिहास साक्षी नेपाली बहादुर बिल्ला विश्वमा चर्चित तपस्या गर्ने लुम्बिनीमा बन्यो पलसुःख त्यागले शान्ति ज्ञान दिने बुद्ध जन्मेको स्थल

१०.जनकपुरमा महत्त्वपूर्ण रामजानकी मन्दिर छनिचितवनमा जङ्गल सफारी पाेखरा पर्यटकका धनी पाल्पा पुग्दा भैरवस्थान प्रेमकाे प्रतिक रानीमहलकर्णाली काँक्रेविहार राराताल सेफाेक्सुण्डाे चहलपहल

११.शाह बंशकाे पहिलो उदगम लमजुङकाे गाउँशहर घले गाउँमा पूरा हुन्छ मिठो घरेलुु व्यञ्जनकाे रहरकाफल ऐसेलु कटुस क्यामुनाे बनमा फल्छन फलमाैसम अनुसार फुल्छन फल्छन छैनन् कृत्रिम मल

१२.विश्व मानचित्रमा नेपाल राष्ट्र गाेर्खालीको देनमा रहेछगाेरखनाथ बाबाकाे अाशिर्वाद पृथ्वीनारायणमा भएछ गाेरखा कालीका मनकामना शक्ति पिठका ख्याति बहादुर गाेर्खाली त्याग बलिदानले बनेको ठूलो छाती

१३.विदेशीलाई लाेभ्याइरहेकाे यिनै प्रकृति माललेपाहुनालाई सत्कार गर्ने नेपाली माैलिक चाललेसाेरठी राेइला ठाडो भाका राेदी घरमा छ रन्काेमादल खैजडी मुरली बाजा नाच्दै जाेस फन्काे

१४.काधमा छ हलाे जुवा खुर्पेटाे छ कम्मर साथमाकाेदाे ढिडाे गुन्द्रुक झाेल माैरीकाे मह गासमातरूल भ्याकुर कुरिलाे ठाेटने तामा टुसा न्युराेलेक बेशीका प्राकृतिक व्यञ्जन खादा स्वादे जिब्रो

१५.अाखा कान हात खुट्टा मानव ज्यानको अंगमातृभूमिकाे हितका निम्ति हुनुपर्छ साथ संगबर्तमानकाे नेपाली भूभाग हाम्रो पाइला रहाेस्नेपाली माटो परिचित साइनो सबैलाई बनाेस् ।

ज्ञानशाली पन्त ” जिज्ञासु “

Facebook Comment

छुटाउनुभयो कि?