माथिल्लो डोल्पाको हिमपहिरोमा परी शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता

पर्यटन बजार२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

माथिल्लो डोल्पाको हिमपहिरोमा परी शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता

चैत २२, सुर्खेत । कर्णालीको उच्च हिमाली जिल्ला माथिल्लो डोल्पामा हिमपहिरोमा परी  तीन जना बेपत्ता भएका छन्  ।माउन्टेन (दोस्रो कैलाश क्षेत्र) दर्शन गर्न पुगेका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 

शे–फुक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ, र फुन्छोक गुरुङ १७ गते देखि बेपत्ता भएका हुन्।  हिउँ परेका बेला कैलाशको दर्शन गरे मनले सोचेको पुरा हुने विश्वासका साथ शे–गुम्बा दर्शन गर्न गएको प्रहरीको भनाई छ। प्रहरीले उनीहरु हराएको ६ दिनपछि मात्र खबर पाएको  प्रहरी प्रमुख अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। 

‘हराएको ६ दिनको दिन हामीले खवर पाएका छौँ।’ उनले भने, ‘अहिले उद्धार गर्न पुग्ने अवस्था छैन। हिमपात रोकिना साथ उद्धार गर्न भनेका छौँ,’  फेरि थपे, ‘त्यहाँको जनप्रतिनिधि र प्रहरी मिलेर उद्धार गर्न निरन्तर प्रयास भइरहेको छ।’ एक हप्ताअघिदेखि लगातार हिमपात परेका कारणले उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ।  सदरमुकामदेखि घटनास्थल पुग्न झण्डै ६ दिनको बाटो हिडेर पुग्न सकिन्छ। 

Facebook Comment

छुटाउनुभयो कि?