मायादेवी मन्दिर खोल्न व्यवसायीको अल्टिमेटम

पर्यटन बजार२७ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

मायादेवी मन्दिर खोल्न व्यवसायीको अल्टिमेटम

कात्तिक २७, बुटवल । हरेक वर्ष दसैं–तिहारको अवधिमा आन्तरिक र बाह्य पर्यटकको भीड हुने बुद्ध जन्मस्थल लुम्बिनी यो वर्ष सुनसान छ । विश्वव्यापी कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नखुल्दा मुख्य सिजनमा विदेशी पर्यटक आउन पाएनन् भने कोरोनाकै कारण मायादेवी मन्दिर नखुल्दा नेपालकै बौद्ध धर्मावलम्बी र पर्यटक समेत आएका छैनन् ।

असोजदेखि मंसिरसम्मको तीन महिना सबैभन्दा बढी आन्तरिक पर्यटक लुम्बिनी आउने सिजन हो । यो अवधिमा लुम्बिनीको मौसम न गर्मी, न धेरै जाडो हुने हुँदा स्वदेशी–विदेशी पर्यटकहरु ओइरिन्थे ।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क शाखा प्रमुख हरिध्वज राईका अनुसार पोहोर दसैं–तिहार एक महिनामा लुम्बिनीमा एक लाख ४ हजार २२५ नेपाली पर्यटक आएका थिए । त्यस्तै, २० हजार ९०९ भारतीय र तेस्रो मुलुकका १८ हजार ५७७ जना पर्यटक आएका थिए ।

लुम्बिनीमा आन्तरिक र बाह्य गरी वार्षिक सरदर १५ लाख पर्यटक आउँछन् । तर, यो वर्ष पर्यटक नआउँदा लुम्बिनीका होटल–रेष्टुरेन्ट,  पर्यटक लक्षित अन्य व्यवसाय र ई–रिक्सा चालकको आम्दानी गुमेको छ । सबैखाले व्यवसायी निराश छन् ।

Facebook Comment

छुटाउनुभयो कि?