मार्दी हिमाल बेसक्याम्प

पर्यटन बजार१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

मार्दी हिमाल बेसक्याम्प

विश्वमै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । यो नयाँ पदमार्ग हो । यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन् । साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो करिब एक हप्तामा सम्पन्न हुने यो ट्रेकिङ रुट कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ ।

काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प । फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ । बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ । यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छ । त्यस दिन यहीँ बास बस्नुपर्छ ।

रातभर थकाई मारेपछी अर्को दिन बिहानै मार्दी बेसक्याम्पका लागि यात्रा बढाउनुपर्छ । बेसक्याम्प पुग्न करिब ४ घण्टा लाग्छ । मार्दी बेसक्याम्पमा चिसो हावा चल्ने हुँदा केहीबेर बसेर पुनः हाइक्याम्प फर्किनुपर्छ ।
यो छोटो र उत्कृष्ट पदमार्गका रुपमा स्थापित हुन सक्छ । बाटोमा खान, बस्नको राम्रै सुविधा छ । थोरै समय भएका र थोराङ्ला पास गर्न नसक्नेहरुका लागि यो उपयुक्त रुट हुनसक्छ ।
Facebook Comment

छुटाउनुभयो कि?