मुगु कै विकट सोरु भेग, सुन्दरतामा अब्बल (तस्विरसहित)

पर्यटन बजार२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

मुगु कै विकट सोरु भेग, सुन्दरतामा अब्बल (तस्विरसहित)

जेठ२४,मुगु। आर्थिक,सामाजिक तथा राजनीतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको जिल्ला हो मुगु । मुगु जिल्ला अन्तर्गत पर्ने सोरु गाउँपालिका जिल्लाकै दुर्गम मानिन्छ ।

सोरुकोट जाने बाटो लगभग मरुभूमिजस्तै छ । तीन घन्टासम्म कर्णालीको किनारमा हिड्ने व्यक्तिले नदीमा बगेको पानीबाहेक धाराको पानी पाउन समेत मुस्कील पर्ने गर्दछ ।

तर जति दुर्लभ छ सोरू त्यति नै मनमोहक पनि छ । ठूला ठूला पहाड, परम्परागत घरहरू, धान कुट्ने ओखल, पिठो कुट्ने घट्ट, सहयोग मन भएका स्थानीय , सुन्दर वातावरण,चंखेली हिमालको चञ्चलता सबै चीज छ त्यहाँ । गाउँले जीवन मन पराउने र नेपालको परम्परागत चीज जान्न चाहने पर्यटक हरुको लागि राम्रो गन्तव्य बन्न सक्छ मुगु जिल्ला र यस जिल्लाका स्थानहरू ।

आउनुहोस् हेरौं मुगु जिल्लामा पर्ने सोरू गाउँ पालिका लाई तस्बिरमा :

तस्बिर : विश्व राज भण्डारी

Facebook Comment

छुटाउनुभयो कि?