मुन्धुम पदमार्ग धमाधम निर्माण हुँदै

पर्यटन बजार१० फाल्गुन २०७७, सोमबार मा प्रकाशित

मुन्धुम पदमार्ग धमाधम निर्माण हुँदै

फागुन १०, काठमाण्डौ। गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको मुन्धुम पदमार्गको निर्माण कार्य धमाधम भइरहेको छ ।

स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा मुन्धुम पदमार्गको करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ ।स्थानीय आर्थिक विकासको लागि मुन्धृुम पदमार्ग पर्यटन प्रवर्द्घन परियोजना अन्र्तगत निर्माण भइरहेको संयोजक हिराबाबु थापाले बताए ।

उनका अनुसार अहिले पदमार्ग फराकिलो बनाउने, सिँढी बनाउने, चौतारा बनाउने, किराँत पहिचानसँग जोडिएका चीहरुको सम्बर्धन एवम् प्रवर्धन गर्ने, साइनबोर्ड राख्ने कार्य भइरहेको बताए ।मुन्धुम ट्रेल अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिकाका र खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिकाको भूगोलमा पर्दछ । अहिले साकेला, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका, षडानन्द नगरपालिकाका भूगोलमा विभिन्न ३३ वटा समूहले काम गरिरहेको

मुन्धुम ट्रेल किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किराँतीहरुले मुन्धुमको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको र यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको मुन्धुम ट्रेल पावीहाङ राईले बताए । यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली झल्किने निमार्ण कार्य भइरहेको राईले बताए ।

यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिने उनले बताए । यसबाहेक नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट नदेखिने ४५ वटा हिमश्रृफ्ला देख्न सकिन्छ । तराईका भू-भागहरु समेत अवलोकन गर्न सकिने छ ।

Facebook Comment

छुटाउनुभयो कि?