मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न , महिलातर्फ आस्था भण्डारी बिजेता

पर्यटन बजार१९ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न , महिलातर्फ आस्था भण्डारी बिजेता

फागुन १९ ,काठमाडौं ।  रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएको छ  । यही फागुन १८ गते सिफल मैदानमा सम्पन्न भएको यस प्रतियोगितामा महिला तर्फ आस्था भण्डारी बिजेता बन्न सफल भइन ।उनले मोबाइललाई ८२ फिट पर फालेर बिजयी बन्न सफल बनेकी हुन् ।

त्यस्तै पुरुषतर्फ निरज भण्डारीले मोबाइल फालेर मोबाइल जित्न सफल बनेका छन्  । उनले २२१ फित पर मोबाइल   फाल्न सफल भएका थिए  । त्यसैगरी  डिजेबल तर्फ महिलामा सन्ध्या र पुरुषतर्फ यम श्रेष्ठ बिजेता बन्न सफल भएका छन् ।

त्यसैगरी १४ बर्षमुनिका बालबालिकाको तर्फ बाट भने सनिज आलेमगर बिजेता घोषित भए । उनले मोबाइल लाई १०७ फिट पर फालेका थिए ।

रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाण्डौ,रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको ग्राम कोअर्डिनेटर तथा रोटरी क्लब अफ रुद्रमति काठमाडौँका मेम्बर किसोर त्रिपाठीले जानकारी गराए  ।

उक्त प्रतियोगिता सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना गरिएको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

यस बर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत भएको  छ । जसमा डब्लु डब्लु बिए प्रथम ,  बि आइ ए दोस्रो र डब्लु एस ए तेस्रो बनेको छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?