यसरी सुरु भयो हरेक साँझ पशुपतीमा हुने गङ्गा आरती , शिबरात्रीमा ५ ब्राम्हणद्वारा गरिन्छ आरती

पर्यटन बजार२० फाल्गुन २०७५, सोमबार मा प्रकाशित

यसरी सुरु भयो हरेक साँझ पशुपतीमा हुने गङ्गा आरती , शिबरात्रीमा ५ ब्राम्हणद्वारा गरिन्छ आरती

फागुन २० ,काठमाडौं । पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो । यो मन्दिर यस संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये एक मानिदै पनि आएको छ ।पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ । 

 एकतर्फ मृत्यु लाई जित्न नसकेर आएका लासहरु , लास संगै रोदनका आवाज र गंगामै समाहित भएका आफन्तका आँशुहरु यो सबैलाई चिर्दै एउटा धुन बज्छ ।  जहाँ बिथोलिएका मनहरु शान्त बन्छन्। जसले ईश्वरको अस्तित्व अस्वीकार गर्नेहरु पनि एकटक भएर अडिन्छन्। पशुपतिनाथमा हरेक साँझ श्रद्दाका साथ् आरती हुनेगर्दछ । आरति ३ जना ब्राम्हणद्वारा प्रत्येक  साँझ सम्पन्न  हुनेगर्दछ । उक्त आरती हेर्न भक्तजनहरुको घुइंचो लाग्ने गरेको छ। त्यहाँ जाने जोकसैलाई संगीतको तालमा आरती गर्नेहरुको हातमा रहेको तैलदीपबाट निस्किरहेको धुवाँ, भजन र शंखघोषको ध्वनि, शिवमा समर्पित भक्तजनका भावभंगिमा अलौकिक र जादुमयी प्रतीत हुन सक्छ। त्यही भएर त साङ्गीतिक आरतीमा झुम्नेहरुमा बाल–वृद्ध–वनिता, स्वदेशी–विदेशी सबै पर्छन्।

साँझको समयमा आरती हेर्दा मनमा शान्ति तथा आनन्द प्राप्त हुने उपस्थित भक्तजनहरुको भनाइ छ ।  पशुपतिको सुन्दर वातावरण का साथै मनमोहक दृश्यले पनि भक्तजनहरुको मन लोभ्याउने गरेको छ ।

 परिवारका सदस्यको जन्मदिन वा मृतकको आत्माको चिरशान्तिका लागि आरती गराउनै भनेर समेत भक्तजनहरु पशुपति आउने गरेका छन्। पशुपतीको यस आरति २०६४ साल श्रावण २१ गते बाट सुरु गरिएको थियो  । तीन पुजारीले एकसाथ एक सुरमा शङ्ख फुक्छन्। बत्ती बाल्छन्, पूजा गर्छन्, धूप घुमाउँछन्। हरेक कुरा क्रमिक रुपमा हुन्छ जसको मज्जा आरती हेर्ने दर्शकले उठाउँछन्। 

किर्तन  , मंगलचरण , सरस्वति स्तोत्र ,महा आरति , शिब ताण्डब स्तोत्र , शिब पन्चचरण स्तोत्रम रुद्रस्तक्तम, पुस्पान्जली, जयकार , किर्तन लगायतका बिबिध आरतिका चरण र मनमोहक संगीतले जो कोहीलाई पिडा र दुख बिर्सन बाध्य बनाउँछ  ।

तर देखिए जस्तो सजिलो नरहेको आरति गर्ने एक ब्राम्हण भुवन चालिसेको भनाइ छ । पानस उचाल्न पनि उस्तै गाह्रो। चिसोमा झन् धेरै।’ तीनजनाले एकअर्कालाई नजानिदो तरिकाले हेरिरहेका हुन्छन्। हरेक प्रक्रिया एकसाथ गर्न। तर कहिलेकाहीँ फोटो खिच्ने, नाच्ने वा अनावश्यक ओहोरदोहोर गर्नेहरुका कारण ध्यान र समिकरण टुट्छ र पुन: ध्यान फर्काउन अप्ठ्यारो हुन्छ। 

 ७ जनाको समूहले प्रति व्यक्ति १० हजार उठाएर सुरु गरेको समिति न हो। यसरी विस्तारित रुप लिन्छ भन्ने अपेक्षा स्थापनाको लागि काम गरेका रमेश पोखरेल, दुर्गाप्रसाद खतिवडा, धर्मदास बुढाथोकी लगायत कसैले पनि राखेका थिएनन्। सबैको लक्ष्य एउटै थियो- एक किसिमको धार्मिक, आध्यात्मिक र सांगीतिक माहोल बनाउने। तर एउटा समूह सिङ्गो संस्था बन्यो। 

सांगीतिक माहोल बीच गरिने यो आरती पशुपतिनाथको आरती भने होइन। पशुपतिनाथको आरती त मन्दिर भित्र हुन्छ। हरेक साँझ ६ देखि ६:३० कै बिचमा पशुपतिनाथ मन्दिरभित्र वाद्यवादन बिना धूप र बत्ती घुम्छन्।  धेरैले गंगा आरतीलाई नै पशुपतिनाथको आरती बुझ्ने गरेका छन्’, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी गराए। 

पहिला पहिला पुर्णिमाको दिन  ५ जना  ब्राम्हणले आरति गर्ने चलन रहेको ब्राम्हण चालिसेले जानकारी दिए । हाल भने शिबरात्रि र बार्षिकोत्सब को दिन श्रावणको तेस्रो सोमबार ५ जना ब्राम्हणद्वारा आरति गर्ने गरिन्छ । यो आकर्षक गंगा आरतीले पर्यटक विकासमा पनि पक्कै केही योगदान पुर्याएको छ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?