यस्ता छन् हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु !

पर्यटन बजार८ बैशाख २०७६, आईतवार मा प्रकाशित

यस्ता छन् हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु !

वैशाख ८, काठमाडौं । शहरको व्यस्त जीवनशैली ,धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाउन धेरै जसो मानिसहरु हाइकिङमा जाने गर्दछन् । हाइकिङ गर्दा उकालो–ओरालो गर्नु अनिर्वाय हो यसले स्वास्थ्यलाई बढी फाईदा पुयाउछ। हाइकिङ गर्दा नयाँ ठाउँ, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ । 

हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. हाइकिङ गर्दा सर्वप्रथम नयाँ तथा सुरक्षित ठाउँको खोजि गर्नु पर्दछ र जाने रुटको बारेमा जानकार हुनुपर्छ ।

२.धेरै जसो हाइकिङ समूहमा गर्ने गरिन्छ यसमा सबैको रुचिलाई ख्याल गर्नुपर्दछ ।
३. हाइकिङ गर्दा भूगोल र मौसमअनुसारको तयारी गर्नु पर्दछ ।
४. हाइकिङमा जाँदा सन ग्लास, तौलिया, क्याप, सन प्रोटेक्सन क्रिम तथा बस्नको लागि म्याट लैजानु पर्दछ ।
५. आफुलाई सहज रुपमा हिड्नको लागि हल्का खालका जुत्ता र पोसाक लगाउनु पर्दछ ।
६. खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लठ्ठी, क्यामेरा आदि हाइकिङका लागि अनिर्वाय चिज हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?