पर्यटन बजार१७ कार्तिक २०७७, सोमबार मा प्रकाशित
वर्षा सिवाकोटी कात्तिक १७,झापा । सबै मान्छेहरुको सपनाको भिडमा मेरो एउटा बेग्लै खाले सपना छ ! हिमालमा पुगेर मुस्कुराउदै हिमाल सङै आफ्ना दातहरुको चमक खिच्नु,कठ्याङ्रीदो ठन्डिमा तल बेसितिर बतासिन लागेका अभाबको भाब खिच्नु, लेकाली फुल चुल्ठोमा सिउरिदै लजाउदाको लाज खिच्नु, पहाडमा दुखले फलाएका सुख(धान, गहु, मकै,कोदो) का बालाहरु खिच्नु, दिन रात नभनी आफ्नो दैनिकिकै लागि घाँस दाउरा, मल, गोठ खेत गरेर चिरा चिरा परेको पैइतालाको सुस्केरा खिच्नु, अन्नको भण्डार भनेर चिनिने तराइमा त्यही एक छाक अन्नकै लागि सडकका किनारमा गरिरहेका संघर्ष खिच्नु ।
यात्रा सधै एक्कै खाले हुदैन । हरेक यात्रामा देख्दै मन्त्रमुग्ध बनाउने फाट, आफुलाइ साझको घुम्टो ओढाएर पुरै माहोल नै रोमान्टिक बनाइदिने घामका सुनौला आधा अधुरा किरणहरु, बादलको घुम्टो ओढेर आधा चियाउदै गरेका पाहाडहरु, जतिनै दुख परेपनी हरबखत मुस्कुराइ रहने अजङका हिमालहरु, मनका तमाम पीडा भुलाउन फक्रीएका फुलहरु नै आकर्षकको केन्द्र हुदैन । यात्रामा यी सबै कुरा अनिवार्य हुदा हुदैपनी कहिलेकाही यो भन्दा बेग्लै कुराले यात्रालाइ पुर्ण बनाउने रहेछ ।
हो आज म तपाइहरुमाझ आफ्नो यात्रा अनुभव पस्कदै छु। “मकै पोल्ने आमै”को कथा ।
कोटेश्वरबाट ६ बजेको हायस चढेर मैले आफ्नो इच्छालाइ यात्रामा रूपान्तरण गरे । यात्रा बि पि मार्ग, अरनिको हाइवे हुँदै अगाडि बढ्दै थियो गाडी भने मनको यात्रा गाडी भन्दा धेरै अघिनै आफ्नो आफ्नो गन्तव्यमा पुगिसकेको थियो। मेरो घर नै तराई तर पहिलो पटक एक्लै म इलाम सम्मको यात्रा तय गर्दै थिएँ । तराई साँच्चै नै गर्मी ठाउँ हो, जन्मे हुर्के कै त्यहीं भएपनि पसिना ले कहिले छाड्दैन न त त्यहाँका मछ्ड ले नै चिन्छन् ।
नागबेली बाटोको दृश्यहरु, तराइका फाटहरु, गरम हावा, अजङको सप्तकोशी, इटहरी, मोरङ हुँदै म ४ बजे तिर झापा दमक पुगे । क्याम्पस मोड मै गाडी रोकियो २ मिन ट मै घर नै पुगे । पहिलो पटक एक पर्यटक बनेर म मेरो जन्मथलो पुगेको थिएँ। एकछिनको परिवार सँग को भलाकुसारी पछि फ्रेश भएर बाहिर निस्किए केही खानको लागि । आफ्नो घर हुँदा हुँदै बाहिर खाना ?
सुन्दा अचम्म लागेपनी मेरो यो यात्राको महत्त्वपूर्ण हिस्सा हो । आज म घरकी छोरी भन्दा पनि दमककी आन्तरिक पर्यटक बनेर आएको थिए। त्यही भएर मजैले दमकलाई नियाल्ने निर्णय गरे । भनिन्छ नी हामी जहाँ गएपनी आफुलाइ घुम्न आउने अथवा टुरिष्ट बन्नुहुदैन जब हामी त्यहाँ स्थानिय भएर हरेक गल्ली चोक निहार्छौनी तब मात्र तपाइको यात्रा “यात्रा स्मरण” बन्छ । यहाँ हामिले जे खान सक्छौ त्यहाको स्पेसल परिकार, चटपटे, पानीपुरी, आलुचप, पोलेको मकै त्यो पनि साइट सिन सहित ।
भर्खरै नुहाएको भएपनी नुहाएपछिको सितलतामा झापाले आफ्नो नजर लगाएर आफू झापा भएको अनुभव गराउदै थियो भने म त्यसलाई नजर अन्दाज गर्दै आफू झापाली भएको मा गर्व गर्दै अघि बढें। भोको पेट भएर होला आखाहरु सडक किनारका ठेलाहरुमा दौडन थाले । ठेलाहरुले भन्दा पनि मलाई तान्यो एउटा चाउरी परेको पसिनै पसिनाको अनुहारले । यो गर्मी मौसममा आफ्नो जवानी उ पर कतै बिसाइसकेको त्यो आनुहारको चमकता देखेर होला सायद म उतै तिर गए ।
वर्षमा एक साता मात्र दमकमा बिताएकी मैले आमा लाई पहिलो पटक नजिक बाट नियाल्दै थिएँ।
छेवैमा गएर आमा भनेर बोलाए । खै किन किन तस्बिर लिन मन लाग्यो र अनुमति लिए आमा हुन्छ सङै मकै पनि खानुस है को मिठ्ठो प्रस्ताब राख्नुभयो । गाउँ घरमा हुर्किएको हुनाले मक्कै उस्तो नौलो नभएपनी मैले आमाको मेहेनतलाई सहस्र स्विकार गरे । मकै सङै मीठो टिम्बुरको अचार वाह !
मकै खादै गर्दा आमासङ धेरै भालाकुसारी हुन पुग्यो ।बिगत ३० बर्षदेखि मकै पोल्दै आउनुभएको रैछ आमाले। ८५ बर्षको उमेरमा पनि अझै दर्हो देखिने उनको त्यो नाडिले जिबनका हरेक संघर्ष झेलेका छन । आफ्नो परिवारको बारेमा धेरैबोल्न नरुचाउने आमाले दुख त कति गरियो गरियो जिन्दगिमा त्यस्को लेखाजोखानै छैन, तर आफुले सकुन्जेल काम गरेर खानुपर्छ । काम गरेर खानलाइ के को लाज के को सरम मागेर खान परेको छैन भन्दै चाउरिएका गाला झन चाउरी पार्दै गज्जबको हासो हास्नुभयो । उनको मकै मिठो थियो कि हासो मैले अर्को मकै थपेर खाए । २५/३० मिनेटको समयमा त्यहा थुप्रै मान्छेहरु आए मकै किन्न कोइ केही नभनी चुपचाप किनेर जान्थ्ये कोइ जाबो १० रुपैयाँको मकैलाइ २५ रुपैया रे भन्दै मूल्य बढी भएको भन्दै घटाउन जोड गर्थ्ये बुढी आमाले मुसुक्क हासेर गर्मी उल्कै छ त भन्दा कोही उनको मेहेनत बुझेझै गर्थ्ये र २५ मै लैजान्थ्ये तर कसैलाइ उनको त्यो मुस्कानले पनि पगाल्न सक्दैन थियो लैजान आटेको नि छाडेर जान्थ्ये । तर सबै अवस्थामा आमाको एउटै खाले मुस्कान निस्कन्थ्यो चाउरिएका अनुहार बाट सायद त्यसैले धेरै माछेहरु रित्तै फर्कन सक्दैन थिए म जस्तै । ना
मधुमाया कार्की भएपनि धेरैले आमा भन्थ्ये, कतिले आमै, कसैले बुढी भन्थ्ये तर उनले सबैले बोलाउने नाम सङ आत्मियता महसुस गर्थिन र त आफ्नो गरा परेका अनुहारहरु मज्जैसङ खुम्चाएर हास्थिन ।
सबै ठाउँको आ आफ्नै विशेषता हुन्छन् , दमक मा अवस्थित डाँफे जोडी, सुन्दर बजार, मिठो भक्का को स्वाद, चियाबगान सबै राम्रा थिए । ती सबै याद खास गरी मधुमाया आमै र आमै को मुस्कान ले मेरो मनमा खास स्थान बनाएको थियो तिनै याद लाई समेट्दै ,दमक सँग र परिवार सँग बिदा लिंदै लागे म इलामको यात्रा तर्फ ।।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit