रङ्गको पर्व होली – इतिहास ,बिकृति र यसमै झुमेको हाम्रो समाज

पर्यटन बजार४ चैत्र २०७५, सोमबार मा प्रकाशित

रङ्गको पर्व होली – इतिहास ,बिकृति र यसमै झुमेको हाम्रो समाज

चैत ४,काठमाडौं ।विभिन्न थरीका कलरले खुशी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ। होलीलाई रङ्गहरुको पर्व पनि भन्ने गरिन्छ ।

फागु पूर्णिमा अनी होली भनिने यो चाड नेपालमा हर्षोल्लाशका साथ मनाउने गरिन्छ। नेपालमा यो चाड असाध्य धुमधाम गरी, अरु ठुला ठुला चाड  जस्तै रमाइलो गरी मनाइन्छ।  होलीको अघिल्लो साझ नेपालको बसन्तपुर दरबार अगाडि ‘होलिका दहन’ गरेर  यस चाडको सुरुवात गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (प्रल्हाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ।

हिन्दु धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा , धरान, चितवन, बिराटनगर , धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको बर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ। नेपालका गाँउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर लगायत रङ लगाउने चलन हुन्छ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ ।

होलीमा नेपालीहरुसंगै  होलि खेल्न आउने बिदेशीहरुको पनि राम्रै उपस्थिति हुने गर्दछ  । 

होलीमा बिकृति

होलीले विभिन्न खालका विक्रितिविसंगति पनि भित्र्याएको छ। होलीमा आजका युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सि गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मानिदैन । नेपालका मुख्य शहरहरुमा होलीकोलागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ। 

हुँदैछ सुधार

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँड्डुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आएकी मनिता महर्जनले सुनाइन्।

इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युग मा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान बिष्णुले  नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रहलाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसारद्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?