रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

पर्यटन बजार९ मंसिर २०७७, मंगलवार मा प्रकाशित

रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

मङ्सिर ९,काठमाडौं।राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ । काठमाण्डौ महानगर पालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालिले बुझ्नुभएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?