पर्यटन बजार१३ जेष्ठ २०७६, सोमबार मा प्रकाशित
जेठ १३, काठमाडौं । रसुवा–नुवाकोट पर्यटन समाजको सक्रियतामा रसुवा जिल्लाको पैरेवेशीदेखि नुवाकोटको भैंसेसम्म त्रिशूली नदीमा र्याफ्टिङ सेवा शुरु गरिने भएको छ ।सरकार पर्यटन वर्ष २०२० को तयारी गरिरहदा नयाँ पर्यटकीय स्थलको रुपमा रसुवा र नुवाकोट स्थित पवित्र तिर्थस्थल( धाम) उत्तरगया पहिचान भएको थियो ।
सोही कार्यक्रम अन्तर्गत पैरेवेशीदेखि भैसेसम्म परिक्षणात्मक र्याफ्टिङ कार्यक्रम समेत संचालन गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना तथा उत्तरगया गाउँपालिकाको आर्थिक सहयोग र नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सीको प्राविधिक सहयोगमा रसुवा र नुवाकोटमा आन्तरिक पर्यटन प्रर्वद्धन तथा जलस्थल सुरक्षित रहेको जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामा, मोहन आचार्य, प्रदेश नम्बर ३ का सांसद प्रेम तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, रसुवा–नुवाकोट पर्यटन समाजका वरिष्ट उपाध्यक्ष शिव लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा उपस्थित रसुवा र नुवाकोटका विशिष्ट व्यक्तित्वहरुले रसुवा र नुवाकोटको पर्यटन विकासमा जुटेर लाग्ने बताएका छन् । त्यसका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने समेत उनीहरुले बताएका छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit