पर्यटन बजार२८ पुष २०७७, मंगलवार मा प्रकाशित
पुस २८, काठमाडौं । पुनर्निर्माण सकिएर पुरानो स्वरुपमा फर्किएको रानीपोखरी यतिबेला हरियो लेउ र झ्याउले ढाकिएको छ । प्राकृतिक भए पनि पोखरीको सौन्दर्यतामा पानीमाथि ढाकिएको लेउले असर पुर्याएको निष्कर्ष पुनर्निमाण प्राधिकरणको छ । तर, यसलाई सफा कसरी गर्ने भन्नेमा प्राधिकरण आफैं अलमलमा छ ।प्राधिकरणले यसमा लेउ मार्ने विषादी प्रयोग गर्ने विकल्पमा पनि छलफल नगरेको हैन, तर, रसायन प्रयोग गर्दा पोखरीको जैविक पक्ष पनि विचलित हुने भएपछि प्राधिकरणले विकल्पबारे छलफल भइरहेको बताएको छ । केही दिनअघि प्राधिकरणले यसबारे विज्ञहरुसँग पनि छलफल गरेको थियो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit