रानीबनको काखमा सुबिधासम्पन्न “इको होम्स काठमाडौँ होटेल”

पर्यटन बजार६ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

रानीबनको काखमा सुबिधासम्पन्न “इको होम्स काठमाडौँ होटेल”

जेठ ६, काठमाडौं ।

पानि खाने निहुँले तिम्रो घरमा आउँला

मौका मिले रानीबनमा घुम्न जाउँला ……

करिब एक दशक अघिको यस गितले नै झल्काउँछ रानीबनको सुन्दरता ! रानीबन काठमाडौँको बालाजुबाट करिब २ किलोमिटरको यात्रापछी पुग्नसकिन्छ । काठमाडौँको धुलोधुवाँ , तातो हावा बाट राहत लिन अति नै उपयुक्त एक स्थान हो रानीबन !

यहि प्रकृतिको धनि , स्वच्छ र शान्त वातावरणमा तपाइलाई पनि गएर बस्ने ,  घुम्ने र प्रकृतिसंग मिठा बात गर्ने र त्यहि सुन्दरतामा हराउने मन त अवश्य होला , तर त्यहाँ कहाँ गएर बस्ने संगै आउँछ यो प्रश्न ?

प्रकृतिप्रेमी , पदयात्राप्रेमी र भिंड कोलाहलबाट शान्ति चाहने जो कोहिलाई लक्षित “इको होम्स काठमाडौँ होटेल” रानीबन , नागार्जुन नगरपालिका वाड नं १ मा खुलिसकेको छ । हो , रानीबनको काखमा रमाउने ति सबै प्रकृतिप्रेमीलाई मध्यनजर गर्दै १० करोडको लगानीमा अत्यन्तै सुन्दर इको होम्स संचालनमा आइसकेको छ ।

ऐतिहासिक धरोहर भक्तपुरमा प्रयोगमा आएका नेपाली साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको समेत प्रयोग गरी निर्माण गरिएको परम्परागत शैलीको यस इको होम्सले प्राकृतिक मात्र हैन ऐतिहासिक तवरबाट पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ ।

२५ बर्षभन्दा बढी ट्रेकिंगमा बिताईसक्नुभएका यज्ञ जंग शाहले यस होटेललाई २ बर्षअघि होमस्टेबाट सुरुवात गर्नुभएको थियो । होमस्टेबाट एक वातावरणमयी सुन्दर होटेल बनाउन आफुले धेरै मेहेनत खर्चेको इको होम्सका फाउण्डर शाह बताउनुहुन्छ । लामोसमय बिदेशी पर्यटकहरु संग समय बिताउनुभएका शाहले पर्यटक नेपाल प्राकृतिक सुन्दरता र नेपालको इतिहासलाई नजिक बाट नियाल्न आउने कुराबाट जानकार भएसंगै आफुलाई इको होम्स खोल्ने प्रेरणा प्राप्त भएको उहाँ बताउनुहुन्छ ।

इको होम्स नाम कसरी राख्नुभयो भन्ने पर्यटनबजारको प्रश्नमा उहाँले आफ्नो योजना बारे मित्रलाई सुनाएको र आफ्नो मित्रले नै यो नाम जुराइदिएको बताउनुभयो  ।

हुन् त इको होम्सलाई परिभाषित गर्न धेरै गहिराईमा पुग्ने पर्दैन , नाम ले नै आफ्नो काम बताईदिएको छ , चिरबिर चिरबिर चराचुरुंगीको मनै प्रफुल्ल बनाउने ध्वनिसंग आफ्ना सारा थकान , चिन्ता दुर गर्ने , सुन्दर , शान्त वातावरण संग रमाउदै आफ्नो परिवार संग केहि सुखद पल बिताउने घर !

पर्यटन बर्ष २०२० भित्रिदै गरेको अवस्थामा पर्यटकको लागि शान्त वातावरण , स्वच्छ हावापानी र सुन्दर दृश्यावलोकन को लागि इको होम्स पर्फेक्ट रहनेमा होटेलका फाउण्डर शाह बिस्वस्त हुनुहुन्छ ।

परमपरागत शैलीबाट निर्मित सुन्दर आँखीझ्याल , बाँसका  कुर्सि,  राष्ट्रिय नायकहरुको तस्बिर , सुन्दर बंगैचा , ढुंगाले खोपेर बनाएको भर्याङ देखि बाथरुम, आकर्षक बेडरुम, एसी , फ्री वाइफाई ,टिभी  , काठमाडौँलाई सजिलै नियाल्न सकिने रुफटप , हाइजेनिक किचेन र सोहि किचेनमा गेस्टका लागि बनाईएको मिठो खाना ! जोकोहिलाई इको होम्सले आफ्नो बनाउन सक्छ , र जो कोहि ले आफ्नो बेस्ट मेमोरी बनाउने मौका इको होम्स बाट प्राप्त गर्न सक्नुहुनेछ ।

रुफटप को त्यो हावाको झोका , छेउमै रहेको सुन्दर बनको हरियाली , दन्तलहर झैं मिलेका पहाड र त्यहाँ बाट नियाल्न सकिने स्यम्भुनाथ जसलाई बयान गर्न शब्दको पनि अभाव हुनसक्छ ।

छोटो समयमा धेरै पर्यटकलाई रिझाउन सफल इको होम्समा जम्मा १४ ओटा ४ प्रकारका रुमहरु रहेको इको होम्सका संचालक आनन्दश्री न्यौपानेले जानकारी गराउनुभयो । जसमा डिलक्स किंग रुम ,ट्विन रुम, डिलक्स फेमिली रुम  र स्ट्याण्डर्ड रुम रहेका छन । पर्यटकको लागि गाडीको समेत सुबिधा रहेको यस होटेलले पर्यटकलाई सिटि टुर , हाइकिंग ,  जंगल वाक, ध्यानको समेत व्यवस्था गर्दै आएको न्यौपाने बताउनुहुन्छ ।

अतिथीलाई उत्कृष्ट सेवा सुबिधा दिएर सन्तुष्ट बनाउनु नै इको होम्सको प्रमुख उदेश्य रहेको छ । १० जनालाई रोजगारी दिँदै आएको यस होटेलले स्थानीय उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ ।

शुक्रबार र शनिबार बिशेष प्याकेज प्रस्तुत गर्दै आएको यस इको होम्सले प्याकेजमा डिनर लन्च र ब्रेकफास्ट समेत प्रदान गर्ने गरेको छ । आगामी दिनहरुमा अझै राम्रो सेवा दिने र नयाँ नयाँ सम्भावनाको खोजि गरेर पर्यटकको बसाइ लम्ब्याउन आफुहरु प्रयासरत रहेको संचालक न्यौपानेले बताउनुभयो ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?