राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता प्रहरीको नियन्त्रणमा

पर्यटन बजार२५ चैत्र २०७५, सोमबार मा प्रकाशित

राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता प्रहरीको नियन्त्रणमा

चैत २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा  लगायतलाई प्रहरीले पक्राउ गरेको  पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।  

 

Facebook Comment

छुटाउनुभयो कि?