रामेछापमा गुराँस पर्यटनको सम्भावना , २० थरी भन्दा बढी रंगका गुराँसहरु पाइने

पर्यटन बजार२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

रामेछापमा गुराँस पर्यटनको सम्भावना , २० थरी भन्दा बढी रंगका गुराँसहरु पाइने

 वैशाख २५, रामेछाप । रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्र गुराँस पर्यटनको राम्रो सम्भावना बोकेका छन् । रामेछापको दोरम्बा गाउँपालिकाको सैलुङ क्षेत्र, सुनापतिको सुनापति डाँडो लगायतका भाग तथा गोकुल गंगा र र उपमाकुण्डको सिँगटी, सेर्दिङ, लाप्चाने लगायतका क्षेत्र पनि विभिन्न प्रजातिका गुराँसका फूलहरुले ढाकिएका छन् ।

सो क्षेत्रका वन अहिले विभिन्न रंगका गुराँसले रंगीन भएका छन् । यी क्षेत्रहरुमा गुराँस पर्यटन प्रवद्र्धन गर्न सके आन्तरिक तथा वह्य पर्यटकहरु समेत पर्याप्त तान्न सकिने सम्भावना रहेको छ ।

रामेछापका जंगलमा पनि २० भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने स्थानीय बताउँछन् । रामेछापको लाप्चाने, बासे, बाम्ती, सिँगटीलगायतको क्षेत्रको जंगलमा मात्र १८ थरीको भन्दा बढी गुराँस पाइने उमाकुण्ड गाउँपालिका प्रितीका मानबहादुर खत्री बताउँछन् ।

‘हाम्रो खाली आँखाले देख्ने मात्र पनि २० थरी भन्दा बढी रंगका गुराँसहरु यस भेगको जंगलमा पाइन्छ । यसबारेमा अझ अध्ययन हुने हो भने यो भन्दा बढी रंगको गुरास हाम्रो जंगलमा छ’, उनले भने ।उता सैलुङ क्षेत्र गुराँसको भण्डार नै भएको रामेछापको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान बनाउँदछन् । त्यहाँ पाइने गुराँसका जातको बारेमा अध्यन अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

दोरम्बाको सैलुङ तथा लाप्चाने, तामे बाम्ती तथा चुचुरे क्षेत्र गुराँसको लागि मात्र हैन प्राकृतिक मनोरम वातावरणको मज्जा लिन उपयुक्त छन् 

Facebook Comment

छुटाउनुभयो कि?