राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

पर्यटन बजार३ भाद्र २०७७, बुधबार मा प्रकाशित

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

भदौ ३,काठमाडौं : मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ । केहीबेरअघि मात्रै घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।

राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेटमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए ।

दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?