पर्यटन बजार२ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ, काठमाण्डौ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
१ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले जानकारी दिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।
अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit