पर्यटन बजार१६ बैशाख २०७६, सोमबार मा प्रकाशित
बैशाख १६,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी छन्।
बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करिब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गरे। उनले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे।
यस प्रदर्शनीको नारा ‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर) रहेको छ । १६२ दिनको यस प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन गरिन्।
राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य (ग्रेट ह्वाइट पगोडा) को अवलोकन गरिन्।
सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो इँटाले बनेको छ। यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ। सरिराको अर्थ बौद्ध अवशेष हुन्छ यो चैत्यको अग्लाइ करिब १६४ फिट छ इँटाले बनेको यस चैत्यमा चुन पोतिँदा यो सेतो देखिन्छ।
यस संरचनाको माथिल्लो भाग उल्टो कचौराको जस्तो देखिन्छ। यसमा १३ तह रहेका छन् र छत तामाले बनेको छ । छतमा २५२ वटा साना गोलाकार छन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit