राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल, अन्तर्राष्ट्रिय छविसँगै दायित्व पनि बढ्यो

पर्यटन बजार२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल, अन्तर्राष्ट्रिय छविसँगै दायित्व पनि बढ्यो

२८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा दोस्रोपटक निवाचित भएसँगै नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढेको छ । तर, यससँगै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा थप दायित्व र चुनौती पनि थपिएको छ ।

मंगलबार राति राष्ट्रसंघ मुख्यालयमा गएको गोप्य मतदानमा नेपालले १५० मत ल्याएर सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि सो परिषदको सदस्य रहँदै आएको छ ।

नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रको निर्वाचन भने बिना प्रतिस्पर्धा भएको थियो ।

परिषदमा निर्वाचित भएलगत्तै राष्ट्रसंघका लागि नेपाली राजदूत अमृतकुमार राईले नेपाल पुनः निर्वाचित हुनुको अर्थ नेपालले राजनीतिक र मानव अधिकारको क्षेत्रमा लिएको प्रगतीशील यात्रालाई अन्तर्राष्ट्रिय समुदयाले स्वीकृत गरेको रुपमा बुझ्नुपर्ने बताए ।

‘नेपालले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा देशभित्र र बाहिर चालेका कदमहरुलाई मान्यता दिइएको रुपमा बुझ्न सकिन्छ,’ राईले भनेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?