पर्यटन बजार१७ पुष २०७७, शुक्रबार मा प्रकाशित
पुस १७, काठमाडौँ।आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।प्रत्येक जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा ८ औं वर्षदेखि मनाउन थालिएको हो ।
धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन् ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit